बालिका बलात्कार आरोपमा कञ्चनपुरमा एक बृद्ध पक्राउ

कञ्चनपुर,बैशाख ७। बालिका बलात्कार आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका ११ का ६८ वर्षीय बृद्ध पक्राउ परेका छन् ।

ओझालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । यसै साता उनले १५ वर्षीया बालिका घरमा आएको मौका छोपेर बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएको छ ।

बलात्कारपछि बृद्धले धम्क्याएका कारण डरले बालिकाले घटनाबारे घरमा ढिलो बताएकि हुन्। घरायसी कामले बालिका बृद्धको घरमा गएको र सबै गहुँ काट्न गएको मौका छोपी बृद्धले बालिकाको मुख थुनेर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

ओझा बिरुद्ध जबरजस्ती करणीको आरोपमा परेको किटानी जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र पौडेलले बताए ।

उनका अनुसार वृद्धलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ ।


७ वैशाख २०७७, आइतवार ०८:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु