punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्माण व्यवसायी संघद्धारा एक लाख १५ हजार र ८ हजार थान मास्क सहयोग

Chaupati
safha napa

धनगढी, बैशाख ७ ।  निर्माण व्यवसायी संघ कैलालीले एक लाख १५ हजार र ८ हजार थान मास्क सहयोग गरेको छ । धनगढी उपमहानगरपालिकाका क्षेत्रका विपन्न वर्गलाई सहयोग होस् भन्ने उद्देश्यले आज धनगढी उपमहानगरपालिकालाई चेक र मास्क हस्तान्तरण गरिएको हो ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड १९) रोगका कारण विपन्न,गरिव तथा निमुखाहरुमा पर्न गएको आर्थिक संकटमा राहत होस भन्नका लागि निर्माण व्यवसायी संघ कैलालीका तर्फबाट संघका अध्यक्ष यज्ञराज उपाध्याय लगायतका पदाधिकारीहरुले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपवहादुर ओडलाई हस्तान्तरण गरेका हुन ।

निर्माण व्यवसायी संघको सभाहलमा नगर प्रमुख ओडलाई एक लाख १५ हजारको चेक तथा ८ हजार थान मास्क वितरण गरिएको निर्माण व्यवसायी संघ कैलालीका कोषाध्यक्ष दिर्घ जोशीले जानकारी दिए । निर्माण व्यवसायी संघले विभिन्न सामाजिक कार्यहरुमा विगत लामो समयदेखि सहयोग गर्दै आएको छ ।


७ वैशाख २०७७, आइतवार ०७:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु