बझाङ को बुङ्गल नगरपालिकामा राहत बितरणको काम सुरु

बझाङ,बैशाख। बझाङ्गको बुङ्गल नगरपालिकाले राहत बितरण को काम सुरु गरेको छ ।नेपाल सरकारको निर्देशन अनुसार कोरोना भाइरस (कोभिड-19) बाट प्रभावित गरिब , बिपन्न र दैनिक ज्यालादारी गरेर खाने बर्गहरु छनौट गरि बुङ्गल नगरपालिकाले राहत बितरणको काम सुरु गरेको बु.न पा ६ का वडा अध्यक्ष धन बहादुर सिंह ले बताउनु भएको छ ।

उहाका अनुसार वडा भरी रहेका गरिब, बिपन्न र दैनिक ज्यालादारी गरेर खाने बर्गको छनौट गरि परिवारका सद्स्यहरुका आधारमा एक जना भए १० किलो , दुई जना भए १५ किलो र तीन जना भए २० गरि ५/५ किलो का हिसाबले चामल , तेल र नुन गरि नगरभरी १७५ कुन्डल र वडा न. ६ मा मात्रै २५ कुन्डल रासन बितरण गरेको बताउनु भएको छ ।

यो भन्दा पहिले वडा भरिमा प्रत्येक घरमा माक्स र साबुन पनि बितरण गरेको पनि वडा अध्यक्ष सिंह ले बताउनु भएको छ ।नगर बाट प्राप्त भएको अलिकति रासन भएपनी धेरै राह्त मिलेको मा स्थानिय बासी खुसी देखिन्छ्न ।


७ वैशाख २०७७, आइतवार ०७:०७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु