डडेल्धुराबाट धनगढी हिंडेको कार दुर्घटना, ६ घाइते

डोटी,वैशाख ३ । धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका वडा नं।१ घण्टेश्वरको घोरडीमा बुधबार कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

डडेल्धुरादेखि धनगढीतर्फ गईरहेको से १ च २३८८ नं. को कार दुर्घटनामा परेको घण्टेश्वर प्रहरी चौकी गैराबाट घटनास्थलमा खटिएका प्रहरी हवल्दार शम्भु सिं धामीले जानकारी दिए ।

घटनामा परी घाइते हुनेमा चालक मानबहादुर थापासहित डडेल्धुराकै रामचन्द्र अवस्थी, रतन भण्डारी, आरनबहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेको जनाइएको छ।

बिहान करिब ९ बजेर ४५ मिनेट जाँदा दुर्घटनामा परेको कार सडकदेखि झण्डै ५ सय मिटर तल खसेको जनाईएको छ ।उनिहरुको उद्दार गरी कैलालीमा उपचारका लागि पठाउने तयारी भईरहेको छ ।


३ वैशाख २०७७, बुधवार ०५:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु