हावाहुरी र चट्याङको सम्भावना, सचेत रहन महाशाखाको आग्रह
वैशाख ३, काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम बदली रहि केहि भू-भागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
हावाहुरी र चट्याङको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । प्रि-मनुसन (मनसुन अवधिअघि)का बेला चैतदेखि जेठसम्म नेपालमा हावाहुरी र चट्याङको सम्भावना हुन्छ ।
यस्तो छ दुई दिनेको पूर्वानुमान
बैशाख ३ गते(बुधबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।
बैशाख ४ गते (बिहीबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।
रातीः देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली र मध्य तथा पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जनर चट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
३ वैशाख २०७७, बुधवार ०१:३५ बजे प्रकाशित