कोराेनाबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले नजिकबाट हेर्नसमेत नपाउने

बैशाख ३, काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट कसैको मृत्यु भएमा शवलाई नजिकबाट हेर्न नपाइने भएको छ।

शवमा रहेको भाइरस अन्य व्यक्तिमा सर्न सक्ने भन्दै सावधानीका लागि यस्तो व्यवस्था गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएका व्यक्तिको शवको दाहसंस्कारसम्बन्धी कार्यविधि बनाएको छ।

नेपालमा हालसम्म १६ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। भारतमा यसको संक्रमण बढ्दो अवस्थामा छ। कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण कसैको मृत्यु नभए पनि भविष्यमा आइपर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै शव व्यवस्थापन कार्यविधि बनाइएको मन्त्रालयले जनाएको छ।


३ वैशाख २०७७, बुधवार ००:१८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु