हालसम्म १३ हजारको परीक्षण, पछिल्लो २४ घण्टामै १८ सयलाई जाँचियो

बैशाख ३, काठमाडौंः सरकारले हालसम्म करिब १३ हजारको कोरोना भाइरस परीक्षण गरिएको जनाएको छ। मंगलबारसम्म १२ हजार ९ सय ६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म पीसीआर विधिबाट ६ हजार २ सय ९९ वटा र र्‍यापिड टेष्ट किटमार्फत ६ हजार ६ सय ७ वटा परीक्षण गरिएको जानकारी दिए। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाँले पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा मात्र नयाँ ५८४ वटा परीक्षण गरिएको बताए । तीमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३८७ वटा र काठमाडौंबाहिर १९७ वटा परीक्षण गरिएको हो ।

र्‍यापिड किटबाट भने पछिल्लो २४ घण्टामा १३ सय १६ वटा परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार आजसम्म देशभर ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहदाँ ९९ जना आइसोलेशनमा रहेका छन्। अहिलेसम्म नेपालमा १६ जनामा संक्रमण भएको पाइएको छ । संक्रमित सबै विदेशबाट आएकाहरु छन् भने त्यसमध्ये एकजना संक्रमणमुक्त भैसकेका छन ।


३ वैशाख २०७७, बुधवार ००:१४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु