कोरोना संकट : यी हुन् नेपालका आगामी चुनौती !

बैशाख ३, काठमाडौंः नेपालको परिचय विश्वमा एक अल्पविकसित राष्ट्रको रहेको छ । कोरोना महामारीको प्रकोपले यस अवस्थालाई थप जटिल बनाउने कहीँ कसैमा सन्देह देखिदैन । विकासको नयाँ आयामतर्फ एक पाइला सारेको नेपालकै ऐतिहासिक र शक्तिशाली सरकारलाई हालको अवस्थाको प्रारम्भिक स्वरूपले नै गहिरो प्रभाव पारेको आमसर्वसाधारणमा अनुभूति हुनुले यस अवस्थामाथि सरकारको पूर्ण नियन्त्रण नरहेको पुष्ठि भइसकेको छ ।

विश्वका शक्तिशाली राष्ट्रहरूले पनि नियन्त्रण गर्न नसकेको महामारीको सामना गर्ने हाम्रो राष्ट्रसँग न कुनै शक्तिशाली संयन्त्र नै छ, न त प्रयाप्त संसाधन ।

सरकार समक्ष रहेको चुनौती एक क्षेत्रमा मात्र सीमित छैन र यसले भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्धलाई एक पटकमै प्रभाव पार्ने छ । विश्वमा महामारीको इतिहास हेर्ने हो भने हालको संकट अन्य कुनै पनि स्वास्थसम्बन्धी समस्या र त्यसको निवारणभन्दा शक्तिशाली र जटिल छ ।

सन १९२० मा महामारीको रूपमा फैलिएको स्पेनिस फ्लुले यसभन्दा पूर्व झण्डै ५ करोड विश्वका नागरिकहरूलाई आफ्नो शिकार बनाएको थियो । स्पेनिस फ्लुलाई पनि त्यति बेलाको समयमा नियन्त्रण गर्न विश्व असफल भएको थियो ।


३ वैशाख २०७७, बुधवार ००:२६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु