आफ्नै देशमा मर्छौं :नाका खोलिदिनू !

काठमाडौं ,३० चैत । “हामी १२ दिनदेखि धेरै दुःखमा छौं । देश फर्कने आशामा ८० किलोमिटर पैदल हिँडेर आयौं । घर परिवारसँग सम्पर्क हुन पाएको छैन । घर–परिवार रोइरहेका होलान् । हामी आफ्नै देशमा फर्कन चाहन्छौं । आफ्नै घरमा क्वारेन्टाइनमा बस्छौं । आफ्नै खर्चमा उपचार गर्छौं । मरे पनि आफ्नै देशमा मर्छौं । हामी देश आउन चाहन्छौं ढाट (नाका) खोलिदिनू । हामीलाई आफ्नै देश फिर्ता गरिदिनू ।”

यो याचना बझाङ, बुंगल गाउँपालिका वडा नम्बर ८ का पुस्कर कामीको हो । भारतमा कोरोनाले आतङ्क मच्चाएपछि देश फर्किएर आएका पुस्कर धार्चुलाको बलुवाकोट महाविद्यालयमा भारतीयहरूको आश्रयमा छन् । पुस्करमात्र होइन दार्चुला सदरमुकाम खलङ्गाको ठीक पारिपट्टि, भारतको पिथौरागढ प्रशासनले एक हजार ६ जना नेपालीलाई विभिन्न सेल्टरमा बाँडेको छ ।

धार्चुलाको जबाहरसिंह मिनि स्टेडियममा ३ सय २५, बलुवाकोट महाविद्यालयमा ३ सय ७१, जौलजीवीमा २ सय २५, निगलपानीमा ३२ र बरममा ५३ नेपाली राखिएकोको पिथौरागढ प्रशासनले जनाएको छ ।

उनीहरूलाई दुई छाक खाना र बासको बन्दोबस्त भारतीय प्रशासनले गरेको छ । धार्चुलाबाट प्रतिनिधिसभामा निर्वाचित गणेशसिंह ठगुन्नाले भारततर्फको उद्योग वाणिज्य संघ, नागरिक समाज र त्यहाँको प्रशासनले गास, बासको प्रबन्ध गरेको जानकारी पाएको बताउँछन् ।तर, अलपत्रहरूको भनाइ ठीक विपरीत छ ।


३० चैत २०७६, आइतवार ००:१४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु