एकै पटक धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिनबाट परीक्षण शुरु

धनगढी, २९ चैत ।
एकै पटक धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिनबाट परीक्षण शुरु भएको छ ।
बुधवार धनगढी आईपुगेको मेसिन आज साँझदेखि सञ्चालनमा आएको हो ।

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रहेको धेरैजनाको एकै पटक कोभिड १९ परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन सुदूरपश्चिम पठाएको हो ।

उक्त मेसिनले तीन घण्टाको फरकमा ९६ वटा नमूनाको स्वाब परीक्षण गर्न सक्ने बताईएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालाका ईञ्चार्ज रमेश शाहीले आरटीपीसीआरको जडान कार्य पूर्ण रुपमा भएपछि साँझदेखि नमूना परीक्षण शुरु भएको बताए ।


२९ चैत २०७६, शनिवार १३:४८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु