प्रधानमन्त्री ओलीले गरे सात प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स

काठमाडौं, चैत्र २९ ।

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसले पारेको प्रभाव र प्रदेश सरकारले गरिरहेको कामका बारेमा मुख्यमन्त्रीहरुसँग कुराकानी गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्रीहरुसँग कोभिड–१९ महामारीविरुद्ध भइरहेको कामबारे छलफल गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।


२९ चैत २०७६, शनिवार ०७:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु