पिङ खेल्ने क्रममा १० वर्षीय बालकको ज्यान गयो

कञ्चनपुर,२८ चैत्र ।
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ९ ख गाउँमा पिङ खेल्ने क्रममा १० वर्षीय बालकको ज्यान गएको छ ।

शुक्रवार पिङ खेल्ने क्रममा कृष्ण बहादुर सुनारका १० वर्षीय छोरा रोशन सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रवार मध्यान्हको समयमा पिङ खेल्ने क्रममा डोरी बटारिएर बालकको ज्यान गएको हुनसक्ने इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।


२८ चैत २०७६, शुक्रवार १०:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु