कैलालीको रानिफाटा सामुदायिक वनद्धारा गौरिगङ्गा नगरपालिकालाई आर्थिक सहयोग
धनगढी,चैत २८। कैलालीको रानिफाटा सामुदायिक बन उपभोक्ता समितिले गौरिगङ्गा नगरपालिकालाई सहयोग गरेको छ ।
बिश्वमा फैलिएको कोरोना भाइरस रोकथाममा सहयोग गर्ने उद्देश्यले नगरपालिकालाई एक लाख एक हजार सहयोग गरेको हो ।
वनका अध्यक्ष चक्र बोगटीले एक लाख एक हजार रुपैयाँको चेक नगर प्रमुख भीम ब। देउवा र उप प्रमुख अन्चला चौधरीलाई हस्तान्तरण गरेका हुन ।
२८ चैत २०७६, शुक्रवार ११:२० बजे प्रकाशित