मन्त्री लेखराज भट्टद्वारा स्वास्थय समाग्री बितरण

धनगढी ,चैत्र२८ ।
उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले आफ्नो निर्बाचन क्षेत्रमा रहेका स्थानिय तहहरुमा कोरना रोकथामको लागी आबश्यक पर्ने स्वास्थ्य सामाग्री बितरण गर्नु भएको छ । सो सामाग्री आज उँहाका स्वकिय सचिब हितेश ओझाले २ वटा स्थानिय तहका जनप्रतिनिधीहरुलाई हस्तान्तरण गर्नु भएको हो ।

ओझाले आज गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिं साउँद र गौरीगंगा नगरपालिकाका प्रमुख भिम देउबालाई ति सामाग्रीहरु दिनु भएको हो । ओझाका अनुसार स्थानिय जनता सम्म पुर्याउने उदेश्यले नगरपालिका मार्फत बितरण गरिएको हो । चुरे गाउँपालिकामा भने भोली बितरण गरिने ओझाले जानकारी दिनु भयो ।

मन्त्री भट्टले निजी खर्चमा पिपिई,मास्क,सेनेटाईजर ,साबुन हेन्ड वास लगाएतका अति आबश्यकिय स्वास्थ्य सामाग्री पठाएका हुन ।


२८ चैत २०७६, शुक्रवार १०:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु