punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्लाफाँटा नगरपालिकाकाे राहत काेषमा सहयाेग जुट्दै

Chaupati
safha napa

कंचनपुर,चैत्र२८। शुक्लाफाँटा नगरपालिकाकाे राहत काेषमा सहयाेग जुट्दै नगरपालिकाले स्थापना गरेकाे राहतकाेषमा सहयाेग गर्न आग्रह गरेपछि सहयाेगि दाताकाे संख्या वढ्न थालेकाे छ।कंचनपुर जिल्ला प्रशासनले अाफुखुसि व्यक्तिगत राहत वाड्ने लाई कार्वाहीगर्ने निर्णयपछिनगरपालिकामार्फतराहत उपलव्ध हुन थालेकाे हाे।

काेराेना महामारीको यश जटिल परिस्थितिमा राेगकाे राेकथाम तथा नियन्त्रणका संगै अति विपन्न बर्ग लाई राहत सहयाेग गर्न नगरवालिकाले सहयाेगि हातहरूलाई अाव्हान गरेकाे थियो।शुक्लाफाँटा नगरपालिकालाई विभिन्न वैंक वित्तीयसंस्था सहकारि संगै व्यक्तिगत रूपमा समेत नगद खाध्यान्न सहयाेग प्राप्त भएकाे नगर प्रमुख दिल वहादुर ऐरले जानकारी गराए।

नगर प्रमुख ऐरका अनुशार कंचन वैंक झलारि शाखावाट ३५हजार प्राप्त भएकाेछ।प्रभु वैंक झलारि शाखा वाट ४०हजार वरावरकाे खाध्य सामग्री सहयाेग सृजनशिल सहकारीसंस्था झलारिवाट ३१हजार महिला साना किसानकृषि सहकारि संस्था झलारि द्वारा ७क्विन्टल खाध्यान्न सहयाेग गरेकाे थियाे।

त्यसैगरी नेकपा सु.प.प्रदेश कमिटी सदस्य अाेम बिक्रम भाटले २०क्विन्टल खाध्यान्न सहयाेग शुक्लाफाँटा न.पा.१०वस्ने युवा समाजसेवी डम्वर ठकुल्लाले वुवाकाे सम्झनामा ११हजार१सय ११सहयाेगसंगै शुक्लाफाँटा न.पा.झलारिका प्रमुख प्रशासकिय अधिकृत विशन सिंह थापाले समेत अामाकाे पुण्य तिथिकाे अवसरमा १०हजार नगरकाे राहतकाेषमा जम्मा भएकाे नगर प्रमुख ऐरले वताए।नगरले स्थापना गरेकाे राहत काेषमा राहत सहयाेगगर्न नगरपालिका भित्रका सराेकारवालासवै निकायलाई आग्रह गरेकाेछ।


२८ चैत २०७६, शुक्रवार १०:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु