धनगढी उपमहानगरपालीका वडा नम्बर १ द्धारा विपन्न परिवारलाई राहत वितरण

धनगढी,चैत २५ ।
धनगढी उपमहानगरपालीका वडा नम्बर १ को पसुपति टोलका विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरसका कारण देश लक डाउनमा रहेको छ । लकडाउनका कारण दैनिक मजदुरी गरि खाने बर्गहरु सबै भन्दा बढी मारमा परेका छन ।

त्यसलाई मध्यनजर गरि वडा कायाएलयको तर्फबाट ५० घरपरिवारलाई राहत वितरण गरेको वडा अभ्यक्ष सन्तोष मुडभरिले बताए । उनका अनुसार वडामा रहेका विपन्न परिवारलाई १० किलो चामल, २ किलो दाल,१ लिटर तेलर १ किलो नुन वितरण गरेको उनले बताए ।


२५ चैत २०७६, मंगलवार ०८:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु