कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित

काठमाडौं ,चैत २५ । विश्वभर फैलिएको कोरोनाभाइरस कारण अन्योलमा परेको कक्षा ११ र १२ को परीक्षा अर्को सुचना नआएसम्मको लागि स्थगित गरिएको छ ।

मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सुचना नआएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गरिने निर्णय गरेको हो ।

कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनका कारण कक्षा ११ र १२ को परीक्षा सार्ने की नसार्ने भन्ने निर्णग गर्न मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेको हो ।

बैठकले माध्यमिक शिक्षा परीक्षा एसईई लकडाउन खुलेपछि मात्र गरिने हुनाले त्यही अनुसार नै तयारी गर्न विद्यार्थीलाई आग्रह गरेको छ ।


२५ चैत २०७६, मंगलवार ०७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु