प्रधानमन्त्रीको आग्रह- ‘अब दुई साता धैर्य गरिदिनुहोस्’
lznfGof; sfo{qmdnfO{ ;Daf]wg ub}{ k|d cf]nL
sf7df8f}F, !# c;f]h -/f;;_ M k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ nlntk/sf] ;F}a' cfjf; If]q eF}l;kf6Ldf k|b]z k|d'v tyf d'VodGqLx?sf] ;Dks{ sfof{no / lgjf;sf] lznfGof; sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6f
काठमाडौँ,चैत२५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउने दुईसाता थप चुनौतिपूर्ण हुने बताएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै नभएर समुदायमा फैलिने उच्च जोखिमको अवधि भएकाले चुनौतिपूर्ण हुने बताएका हुन्।
उनले देशमा महामारीको संक्रमण फैलिन नदिन सरकारले सारा प्रयास केन्द्रित गरेको भन्दै यसै हप्ताबाट प्रयोगमा ल्याइएको र्यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास व्यक्त गरेका छन्।
“यस परीक्षण मार्फत् सम्भावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए/नभएको सुनिश्चित गरिनेछ।” उनले सम्बोधनमा भनेका छन्।
प्रधानमन्त्रीले समुदाय स्तरको परीक्षणको लागि उच्चस्तरीय निर्देशक समिति र सिसिएमसीले सम्भावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको बताएका छन्।
उनले अनिवार्य क्वारेन्टाइनमा बस्नकै लागि सरकारले लकडाउन गरेको भन्दै अहिलेसम्मको धैर्यतालाई धन्यवाद दिदै आगामी एकसाता पनि धैर्य गरिदिन आव्हान गरेका छन्।
२५ चैत २०७६, मंगलवार ०५:५९ बजे प्रकाशित































