भारतिय सिमामा अलपत्र नेपालीको दुःख बुझ्न् सकेन सरकारले : नबराज ऐर

नबराज ऐर । नेपाल भारतका विभिन्न नाका हुदै खासगरी धार्चुला/दार्चुला नाकामा संकटपुर्ण/नारकिय जीवन जिउन बाध्य भएका जनातका बारेमा सरकार कहिले गम्भीर बन्ने ? महामारी भन्दा कष्टपुर्ण जिन्दगी सकारात्मक कुरा हुन सक्छ तर लाजको पसारो हुनेगरि बिकल्पको खोजिनै नगर्नु मुर्खता हुनजान्छ कि ?

त्यसैले आज बस्ने संधिय मन्त्रीपरिषद्ममा सुदुर पश्चिम प्रदेश बाट प्रतिनिधित्व गर्ने द्दय मन्त्री सहितले निम्न २ बिकल्पमा जाने हो कि ।

१ नाकामा अलपत्र परेका नेपालीहरुलाई ल्याएर अनिवार्य १४ दिन विभिन्न स्थानका क्वारेन्टाइनमा निगरानी सहित बसाउने व्यवस्था गर्ने ! भाइरस भेटिएमा थप उपचार गर्ने नभेटिएमा घर पठाउने ।

२। नेपाल ल्याएर उच्च जोखिम निम्तिने खतरा नै हो भने , लक डाउन भरी नेपाल सरकारले भारत सरकार संग pm to pm स्तरीय छलफल/वार्ता गरि नाकामा रहेका भारतिय नागरिकहरुको सबै सुरक्षा , उपचार सहित व्यवस्थापनको जिम्मा नेपाल सरकारले लिने गरि सिमामा रहेका नेपालीहरुको व्यवस्थापन पनि सोही अनुसार भारत सरकारले गर्ने उच्चस्तरीय सहमति गर्नुपर्ने ।

तेसो हुन सकेमात्र हुने खानेले मात्र होइन , निम्न बर्गीय जनताले पनि सरकारको आभास गर्नपाउनेछन् !

-नबराज ऐर
कंचनपुर


२४ चैत २०७६, सोमवार १०:०३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु