लकडाउनमा छाक टार्न समस्यामा परेका मजदुरलाइ सुन्दर सुदुरपश्चिम यातायातको खाद्यान्न सहयोग

कैलाली, चैत्र २१ ।
सुन्दर सुदुरपश्चिम यातायात प्रालिले लकडाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ।
प्रालिका अध्यक्ष पदमराज सापकोटाले नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।

अध्यक्ष सापकोटाका अनुसार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडमार्फत् २० कट्टा चामल, ५ पेटि खानेतेल, दुइबोरा नुन र ५० केजी दाल हस्तान्तरण गरिएको हाे।

उनले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जोहो गर्न समुदायका लागि केही सहज होस् भनेर प्रालिका तर्फबाट उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरिएको जानकारी दिए ।धनगढी उपमहानगरपालिका प्रमुख वडले उक्त खाद्यान्न सामग्री विपन्न समुदायमा वितरण गरिने बताए।


२१ चैत २०७६, शुक्रवार १२:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु