धनगढी जेसिजद्धारा करीव तीन लाख रुपैया बराबरको राहत सामग्री हस्तान्तरण

धनगढी,चैत २१ ।
धनगढी जेसिजले लकडाउनका कारण छाक टार्न समस्यामा परेकाहरुका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ।

धनगढी जेसीजका उपाध्यक्ष मनिष कुवरले संयोजकत्वमा थालिएको आर्थिक संकलन अभियान धनगढी जेसीजका पूर्व सदस्य हाल अमेरिका निवासी रोहित भट्टले १ लाख १७ हजार रुपैया र बाकी जेसिजका कार्यसमिति, पुर्व अध्यक्ष लगायतको सहयोगमा करिब ३ लाख रुपौया बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको जनाएको छ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जोहो गर्ने समुदायका लागि केही सहज होस् भनेर उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरिएको ।

धनगढी जेसीजका उपाध्यक्ष मनिष कुँवरले बताए । उपाध्यक्ष कुँवरका अनुसार १५० बोरा चामल, ३४ पेटि खानेतेल, २४ बोरा दाल, चिउरा २ बोरा, भुजा २ बोरा र सोयाबिन ५२ कट्टा नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेको बताएका हुन।धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले उक्त खाद्यान्न सामग्री विपन्न समुदायमा वितरण गरिने बताए।


२१ चैत २०७६, शुक्रवार १२:२५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु