धनगढीमा कोरोना संक्रमित युवककी भाउजू पनि अस्पताल भर्ना

धनगढी , चैत २२ । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमितका परिवारका एक जना सदस्यमा कोरोनाको लक्षण देखिएपछि पछि घरबाटै उद्दार गरिएको छ ।

स्रोतले संक्रमितकी भाउजुमा कोरोनोका लक्षण पाईएपछि धनगढी उपमानगरपालिका– ५ हसनपुरस्थितबाट आज बिहान उद्दार गरी सेती प्रादेशिक अस्पताल लगिएको छ ।

संक्रमितका परिवारका १० जना परिवारका सदस्य घरकै क्वारेन्टाईनमा बसिरहेका थिए । परिवारका १० जना सदस्यको थ्रोट स्वावको नमूना संकलन गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी दिने बताइएको छ ।


२२ चैत २०७६, शनिवार ०६:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु