धनगढीमा परीक्षण गरिएका मृत्यु भएका सहित तीनजनाको रिपोर्ट नेगिटिभ

धनगढी,चैत २१ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज परिक्षण गरिएका मृत्यु भएका एक युवक सहित तीन जनाको थ्रोट स्वावको रिपोर्ट नेगिटिभ आएको छ ।

माया मेट्रो अस्पतालको आईसियुमा उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको झलारी स्थित एक कम्पनीमा काम गर्दै आएका २४ वर्षीय भारतीय युवक सहित तीन जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले बताए ।

आज बिहान मृत्यु भएका युवकमा देखिएका लक्षणहरु कोरोनाको संक्रमणसंग मिलेकोले मृतक युवकको थ्रोट स्वावको नमूना संकलन गरिएको थियो ।

आज दिनभरीमा तीन जनाको स्वाव परिक्षण गरिएको थियो । तीनैजनाको रिपोर्ट नेगेटिभ आएको हो ।
अहिले एकजनाको स्वावको परीक्षण भईरहेको छ ।


२१ चैत २०७६, शुक्रवार १२:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु