पोखरामा कोरोना संक्रमण पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय

पोखरामा कोरोना संक्रमण पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं,चैत २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा भएको नमुना परीक्षणमा कसैमा पनि कोरोना संक्रमणको पुष्टि नभएको स्पष्ट पारेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले केही सञ्चारमाध्यममा पोखरामा कोरोना संक्रमणको पुष्टि भएको भन्दै समाचार आएपनि हालसम्म भएको जाँचमा पोखरामा भाइरसको संक्रमण पुष्टि नभएको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

उनले हालसम्म पोखरामा ७ जनाको नमुना परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।


२१ चैत २०७६, शुक्रवार ११:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु