नरभंक्षी चितुवा काठको खोरमा : स्थानीय खुशी

बैतडी,२१चैत्र ।
चितुवाको आक्रमणको त्रासमा रहेको तल्लोसोराडको मैलौलि नगरपालिका ९ असुरमा एउटा चितुवा खोरमा परेको छ । बिहीबार राति नरभंक्षी चितुवा काठको खोरमा परेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

तल्लोसोराड क्षेत्रको गाउँ बस्तीमा पसेर मानविय क्षति पुर्याउँदै आएको नरभक्षी चितुवा खोरमा फसेको हो । मेलौली नगरपालिका वडा नं ९ असुरमा विज्ञ टोलीले स्थानीय सामग्रीको सहयोगमा बनाएको खोरमा चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो ।

यही चैत १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषका दुईजना विज्ञहरु द्धारा वडा ९ को असुरमा निर्माण गरिएको काठको खोरमा चितुवा फसेको जनाइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामा र प्राविधिक रमेश दराईले असुर गाउँमा पुगेर चितुवालाई नियन्त्रणमा लिनका लागि खोर राख्नुभएको थियो ।

खोरमा चितुवा फसाउन बाख्राको पाठी राखिएको थियो । बिहीबार राती काठको खोरमा बाख्राको पाठी राखेको र पाठी खान जाँदा चितुवा फसेको उहाँको भनाइ छ । नरभक्षी चितुवा खोरमा फसेको बिषयमा राष्ट्रिय निकुञ्ज विभागमा जानकारी गराईसकेको बताउदै डिभिजन वन कार्यालयका प्रमुख पराजुलीले विज्ञहरुको टोली आएपछि चितुवालाई बेहोस बनाएर पठाइने जनाएका छन ।

नरभक्षी चितुवाले तल्लोसोराड क्षेत्रमा २०६८ साल यता २५ जनाको ज्यान लिईसकेको छ । नरभक्षी चितुवाले गएको फागुन २७ गते ओछ्यानबाटै मेलौली ९ असुरकी ८ बर्षीय सीता लुहारको ज्यान लिएपछि जिल्ला प्रशासन र बैतडीबाट निर्वा्चित संघिय सांसद दामोदर भण्डारीले प्रभावित क्षेत्रमा तत्काल विज्ञ टोली पठाउन वनमन्त्रीसंग आग्रह गरेपछि विज्ञ टोलीको सहयोगमा खोर राखिएका थिए । चितुवा खोरमा फसेपछि स्थानयिनागरिकहरु खुसिभएका छन ।


२१ चैत २०७६, शुक्रवार ०९:४७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु