लकडाउनभरि प्रहरीलाई चलाउन दिए वडाअध्यक्षले मोटरसाइकल

कञ्चनपुर,२१चैत्र ।
कञ्चनपुरका एक वडा अध्यक्षले आफुले प्रयोग गर्दै आएको मोटरसाइकल अस्थायी प्रहरी पोष्ट बाणीलाई हस्तान्तरण गरेका छन ।

बिश्वभर कोरोना भाइरसको महामारीलाई मध्यजनगर गर्दै कञ्चनपुर जिल्ला लकडाउन गरिएपछि कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष जयरानारण जोशीले लकडाउनको पालना गर्दै मोटरसाइकल प्रहरीलाई बुझाएका बताएका हुन ।

लकडाउन अवधि सम्मका लागि प्रहरीलाई गस्ती गर्न सहजता प्रदान गर्नका लागि मोटरसाइकल प्रदान गरेका बताए ।

निजी नम्बर प्लेटको आफैँले चढदै आएको र अर्को सरकारी नम्बर प्लेटको वडाले प्रयोग गर्दै आएका दुई वटा मोटरसाइकल उनले अस्थायी प्रहरी पोष्टलाई प्रदान गरेका हुन्।


२१ चैत २०७६, शुक्रवार ०९:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु