सुदूरपश्चिम प्रदेश सरकारको कोरोना जोखिम नियन्त्रण खातामा ४० करोड २७ लाख जम्मा

धनगढी : कोरोना भाइरस (कोभिड-१९) को जोखिम नियन्त्रण तथा रोकथाम गर्न सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोषमा अहिले सम्म ४० करोड २७ लाख रकम जम्मा भएको छ । प्रदेश सरकार बाट ४० लाख बाकी २७ लाख १६ हजार ५ सय ५१ रुपैया निजि क्षेत्रबाट जम्मा भएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले जानकारी दिएका छन् ।

मन्त्री बोहराले आज आफ्नो फेसबुक पेजबाट लाईभमा आउदै सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार कोरोना जोखिम नियन्त्रण कोषमा सिद्धार्थ बैंक लिमिटेडले १० लाख,सिटिजन बैंकले ७ लाख,कृषि विकास बैंक सुदूरपश्चिम प्रादेशिक कार्यालयले ५ लाख र नेपाल बैंक लिमिटेडले ५ लाख सहयोग कोषमा जम्मा गरेका छन् । यस्तै प्रदेश सरकारले स्थापना गरेको कोराना जोखिम नियन्त्रण कोषमा धनगढीका आठ जना स्थानीयहरुले पनि १६ हजार पाँच सय ५१ रुपैया जम्मा गरेको मन्त्री बोहराले बताए ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नियन्त्रण,रोकथाम तथा व्यवस्थापनका लागि प्रदेश सरकारले धनगढीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा खाता संचालन गरेको बताए । सहयोग गर्न चाहाने सर्वधारणहरु,संघ संस्थाहरुलाई धनगढीमा रहेको राष्ट्रिय वाणिज्य बैकको ४१७०५०३०००००३ नम्बर को खातामा रकम जम्मा गर्न समेत अपिल गरेका छ्न ।


१९ चैत २०७६, बुधवार १४:०८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु