कोरना बिरुद्ध घरदैलो अभियान

कञ्चनपुर : कोरना भाईरस(कोडिभ–१९) को संक्रमणबाट जोगिनका लागि शुक्लाफाँटा नगरपालिका ७ नम्बर वडाले घरदैलो अभियान थालेको छ । बुधबारदेखि वडाले गाउँघमा घरदैले अभियान संचालन गरेको हो ।
‘यो वडा कार्यालयकै नितान्त कार्यक्रम हो, ‘वडाध्यक्ष जगत बहादुर सिहले भने, ‘यस अघि हामीले नगरपालिबाट आईसोलेशन बेड निर्माण सहितका कार्यक्रम गरिसकेका थियौँ ।’ वडाध्यक्ष सिह सहित जनप्रतिनिधी, स्वास्थ्यकर्मी र प्रहरीको संयुक्त टोलीले कोरनाबाट बाँच्नका लागि घरदैलो गरेर वडाबासीलाई सचेत गराएका छन् । वडाबासीको स्वाथ्य अवस्था बारे जानकारी लिई सफासग हातधुनेदेखि कोरनाबाट सचेत रहन आब्हान गरिएको छ ।
सगै रहेका स्वाथ्यकर्मी मार्फत चेकजाँच गरेर गम्भिर र संस्कापद बिरामीलाई थप उपचारका लागि रिर्फर गरिने छ । ‘हामीले वडामा शुरु गरेको अभियान निरन्तर चल्छ, ‘वडाध्यक्ष सिहले भने, ‘यो नागरिकलाई सचेत गराउने पहिलो चरणको अभियान हो ।’ वडाध्यक्ष सिहले वडामा मदिरा लगायतका अबाञ्छित गतिबिधी भए त्यसलाई स्वत रोकिने बताए । वडाध्यक्ष सिह शुक्लाफाँटा नगरका प्रवक्ता समेत हुन उनले लकडाउन प्रभावकारी बनाउदै नागरिकलाई सचेत र संयमित हुन समेत आब्हान गरे । कोरना बिरुद्ध विश्व लडिरहेका बेला आफुले समेत सहयोग गर्नुपर्ने उनको सुझाव छ ।


१९ चैत २०७६, बुधवार १३:५१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु