संक्रमितका परिवारका सहित १३ जनाको थ्रोट स्वावको नमूना संकलन
धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितका परिवारका सदस्य सहित १३ जनाको नमूना संकलन गरिएको छ।
संक्रमित परिवारका १० जना सदस्य, दुई जना स्वास्थ्यकर्मी र एकजना क्वारेन्टाईनमा रहेका सहित गरी १३ जनाको थ्रोट स्वाव संकलन गरिएको सेती प्रादेशिक अस्पताले जनाएको छ।
शनिवारदेखि धनगढी रंगशालाको क्वारेन्टाईमा रहेका परिवारका सदस्यलाई सोमबार मात्रै घर फिर्ता गरिएकोमा आज फेरी अस्पताल ल्याएर नमूना संकलन गरिएको अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए । उनले संकलन गरिएको नमुना परीक्षणका लागि भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै पठाउने तयारी भईरहेको बताए।
डाक्टर जोशीले धनगढीमा स्थापना हुने भनिएको प्रयोगशाला तयार हुन केही समय लाग्ने भएकाले नमुना काठमाडौँ पठाउने तयारी भईरहेको बताए। उनले संक्रमित परिवारका सदस्यसंगै दुई जना स्वास्थ्यकर्मी र भारतबाट आएर धनगढी रंगशालाको क्वारेन्टाईनमा राखिएका थप एक गरि १३ जनाको परीक्षणका लागि थ्रोट स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईने बताए ।
१९ चैत २०७६, बुधवार १४:२० बजे प्रकाशित