punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणपछि विचलित देखिएअमेरिकी राष्ट्रपति: पटक‍-पटक बदलिन्छ बयान

Chaupati
safha napa

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या यदि एक लाखसम्ममा रोक्न सके‚ त्यो नै राम्रो हुने बताएका छन्। सोमबार ह्वाइट हाउस रोज गार्डेनमा बोल्दै राष्ट्रपति ट्रम्पले यदि उनको प्रशासनले कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाखसम्ममा रोक्न सक्यो भने त्यो नै सबैका लागि राम्रो हुने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था ‘द गार्जेन’ ले उल्लेख गरेको छ। यसैगरी उनले अमेरिकामा सामाजिक प्रतिबन्ध अप्रिल ३० सम्मका लागि बढाइएको समेत बताएका छन्।

पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्पका बयान फेरिइरहेका छन्। अमेरिकामा कोरोना संक्रमण अरु देशको तुलनामा धेरै नै फैलिरहेको छ। अहिले अमेरिकामा एक लाखभन्दा बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या २ हजार नाघिसकेको छ।

पछिल्लो समय राष्ट्रपति ट्रम्पको बयान जसरी फेरिएको छ‚ त्यसलाई आधार मानेर हेर्दा स्थिति एकदम नाजुक भएको विश्लेषण विभिन्न विज्ञहरूले गरिरहेका छन्।

यसरी फेरिँदै आएको छ ट्रम्पको बयान:
जनवरी ३० – ‘कोरोना भाइरसको संक्रमण हाम्रो नियन्त्रणमा छ। अहिलेको समयमा अमेरिकामा यो समस्या धेरै नै सानो हो। अहिलेसम्ममा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ।’

फेब्रुअरी १० – ‘यस्तो लाग्दैछ कि अप्रिलसम्ममा‚ जब गर्मी मौसम सुरू हुन्छ‚ त्यसपछि यसको संक्रमण चामत्कारिक रुपमा क्रमशः हराएर जानेछ।’
फेब्रुअरी २७ – ‘भाइरस‚ एकदिन जादूयी रुपमा स्वतः हराएर जानेछ।’

मार्च १७ – ‘जब कोरोना भाइरसलाई महामारीको घोषणा गरियो‚ त्योभन्दा धेरै पहिलादेखि नै यसले महामारीको रूप लिइसकेको थियो।’

मार्च २५ – ‘हामी छिट्टै नै सामाजिक प्रतिबन्ध खोल्ने तयारी गरिरहेका छौं। म इस्टरमा जानका लागि एकदमै उत्सुक भएको छु।’

मार्च ३० – ‘अमेरिकामा जति हामी मृत्युदरलाई जतिसक्दो कम गर्न सक्छौं‚ त्यति नै हाम्रो लागि राम्रो हुनेछ। र‚ मृत्यु हुनेको संख्या १ लाखसम्ममा रोक्यौं भने‚ यो नै हाम्रा लागि राम्रो हुनेछ।’


१७ चैत २०७६, सोमवार २३:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु