माईलस्टोन ईङ्गलिस बोडिङ्ग स्कुलद्धारा मजदुरका लागि खाद्यान्न सहयोग

धनगढी : धनगढी उप–महानगरपालिका ७ भानुचोकमा रहेको माईलस्टोन ईङ्गलिस बोडिङ्ग स्कुलले लक डाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरका लागि भन्दै सोमबार धनगढी उप–महानगरपालिकालाई खाद्यान्न समाग्री उपलब्ध गरेको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई माईलस्टोन ईङ्गलिस बोडिङ्ग स्कुलका अध्यक्ष अमृता देवी मल्ल, प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर मल्ल र संस्थापक भुवन मल्लले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन । अध्यक्ष मल्लका अनुसार चामल २० कट्टा, दाल एक कट्टा, तेल १ पेटी, लाईफवाय साबुन १ पेटी, नुन १ बोरी नगरस्तरीय बिपद ब्यबस्थापन समितिलाई बुझाईएको छ ।

नगरप्रमुख नृपबहादुर वडले प्राप्त भएको खाद्यान्नलाई छाकटार्न समस्या भैरहेका मजदुरलाई सहयोग पुग्नेगरी माईलस्टोन ईङ्गलिस बोडिङ्ग स्कुल परिवार धन्यवादको पात्र भएको बताए । जो जसले सामाजिक उत्तरदायीत्व सम्झेर सहयोग गरेको छ सबैलाई धन्यवाद दिन चाहन्छौं । माईलस्टोन ईङ्गलिस बोडिङ्ग स्कुलका अध्यक्ष मल्लले हामीले गरेको सानो सहयोगले मजदुरको चुलो बल्ने बताईन ,।

उनले भनिन्, आफै धनगढी उप–महानगरपालिका ७ मा रहेको दृष्टी फाउन्डेशनलाई पनि ५ बोरी चामल, दाल, साबुन र चाउचाउ हस्तान्तरण गरेका छौं । धनगढी उप–महानगरपालिकाले अपिल मार्फत सहयोग गर्न चाहनेलाई नगरस्तरीय विपद ब्यबस्थापन समिति मार्फत सहयोग गर्न अनुरोध गरेको छ ।


१७ चैत २०७६, सोमवार ०६:१९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु