भारतको जयपुरबाट आएका ६६ जना नेपाली आज जंगलको बाटो लुकेर नेपाल प्रबेश

धनगढी: भारतको जयपुरबाट आएका ६६ जना नेपाली आज जंगलको बाटो भएर लुकेर नेपाल प्रबेश गरेका छन् ।
पलियाबाट पैदल आएका उनीहरु नाका बन्द भएको समयमा मोहना घाट भएर आज बिहान साढे ११ बजे धनगढी आईपुगेका हुन् ।

उनीहरुलाई मोहना नदीको घाटमा सुरक्षाकर्मीले रोकेको थियो ।

धनगढी उपमहानगरपालिकाले भारतबाट आएकाहरु मध्ये गौरीगंगाका ११, लम्की चुहा नगरपालिका १ जना, टीकापुरको ६ जना भजनी, जानकी र घोडाघाडी १/१ जना, र बाँकेको १५ जनालाई सम्बन्धित जिल्लामा पठाएको छ ।
धनगढीका ६ जनालाई कभर्ड हलको क्वारेन्टाईनमा राखिएको छ ।

पहाडका २७ जनालाई आज साँझ पहाड जिल्ला पठाउने तयारी गरिरहेको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बताए ।


१६ चैत २०७६, आइतवार ११:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु