विदेशवाट आएका मुन्द्रे दिपाको घर पुगेपछि माग्ने दिक्क

काठमाडौं : जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा) र हास्यअभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले कोरोना बिरुद्धको एउटा सन्देशमुलक भिडियो ल्याएका छन् ।
मुलुकबासीहरु घरमै क्वारेन्टाईनमा रहेको बेला निकै सुरक्षित रुपमा सुटिङ गर्दै यी तीन कलाकारले कोरोना बिरुद्ध सेचत रहन सन्देश मुलक भिडियो ल्याएका हुन् ।
यो भिडियो मार्फत सरकारले घोषणा गरेको लकडाउन सम्बन्धि सचेतना सम्प्रेषण गरिएको छ । लकडाउनको समयमा हेलचेक्राई नगरी घरमै बसिरहन यो भिडियो मार्फत यी तीन कलाकारल संदेश दिएका छन् ।
भिडियोका कथा अनुसार घरमा बसेर दिक्क भएका केदार घुम्न निक्लने क्रममा दीपाकोमा पुग्छन् । बिदेशबाट आएका जितु पनि त्यही पुग्छन् । यी दुबैबाट जितु टाढा बस्छन् । उनी आफुलाई सबैबाट सुरक्षित राख्छन् । दीपाले यस्तो बेलामा सबै आ आफ्नो घरमा बस्नु पर्छ घुम्नु हुँदैन भनेपछि केदार पनि आफ्नो घरमै बस्छु भनेर फर्कन्छन् ।
यो भिडियोमा यी कलाकारले कोरोना भाईरसबाट जोगिन सामाजिक दुरी कायम राख्नु पर्ने भन्दै संयमित हुन, सरकारले दिएको आदेश पालना गर्न र जिम्मेवार नागरिकको दायित्व पुरा गर्न अनुरोध गरेका छन् । स्वास्थ्य मन्त्रालयको मातहतमा नेपाल टेलिभिजनले यो सूचनामुलक भिडियो निर्माण गरेको हो ।
१६ चैत २०७६, आइतवार ०२:०९ बजे प्रकाशित