कंचनपुरको वेदकोटमा खाना पकाउने ग्यास पड्किँदा दुई जना घाईते

कंचनपुर:कंचनपुरको वेदकोटमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा २ जना घाईते भएका छन् । घाईतेमध्ये १ को अवस्था गम्भीर रहेको छ । वेदकोट नगरपालिका ३ स्थित सेफ हाउसमा कार्यरत अहेव धर्म राज वडुको घरमा ग्यास सिलिण्डर पड्किएको हो । नया ग्यास जोड्ने क्रममा ग्यास लिक भएको र आगो बाल्दा ग्यास पड्किएको बताईएको छ । नया सिलिण्डर जोडने क्रममा ग्यास नबले पछी पाईपमा पानी जमेको र पानी सफा गरेर गयास वाल्न खोज्दा आगलागि भएको वताईएको छ । रेगुलेटर जोडेर ग्यास बाल्ने क्रममा आगो लागेको र ग्यास पड्किएको घाईतेहरुले जनाएका छन् । सिलिण्डर पड्किएर लागेको आगोमा परि घर धनी धर्मराज वडु र वेदकोट नगरपालिकाका १ का मान बहादुर वोहरा गम्भिर घाईते भएका छन् । घाइते सबैको शरीरको विभिन्न भाग जलेको छ । घाइतेमध्ये मान बहादुर वोराको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए ।


१४ चैत २०७६, शुक्रवार १५:१६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु