धनगढीमा पनि भेटिए कोरोना संक्रमित

धनगढी : धनगढीमा कोरोना संक्रमित भेटिएका छन ।उपत्यका बाहिर कोरोनाको संक्रमित भेटिएको यो पहिलो केस हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले धनगढीको सेती प्रादेशिक अस्पतालमा आईसोलेसनमा राखिएका व्यक्तिको थ्रोट स्वावको नमूना परीक्षण गर्दा पोजिटिभ भेटिएको बताए ।

दुबईबाट नेपाल आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा आईसोलेसनमा उपचार भईरहेको छ । उपत्यका बाहिर देखिएको पहिलो केस हो । नेपालमा कोरोनाको संक्रमित भेटिएको यो चौथो केस हो ।


१४ चैत २०७६, शुक्रवार १३:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु