punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लकडाउन उल्‍लंघन गर्नेलाई पक्रन मेसिन, प्रहरीले नजिक जानै नपर्ने

Chaupati
safha napa

काठमाडौ : मानिसबाट मानिसमा तीव्रगतिमा सर्ने कोभिड-१९ को संक्रमण विश्‍वका १९९ देशमा पुगिसकेको छ। नेपालमा कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेको आज चौथो दिन हो ।

लकडाउनको चौथो दिन चलिरहँदा प्रहरीले लकडाउन उलंघन गर्नेलाई धमाधम पक्राउ गरिरहेको छ। हातै हालेर पक्रिँदा कोरोना संक्रमण सर्ने जोखिम भएपछि प्रहरीले मानिस पक्राउ गर्ने मेसिन ल्याएको छ।

कोरोना भाइरसको संक्रमणबाट बच्न अनिवार्य दुरी कायम गर्नुपर्छ। यस्तोमा हातै हालेर मानिस पक्रिँदा प्रहरी पनि संक्रमित हुने जोखिम थियो। यस्तोमा प्रहरीले लकडाउन उलंघन गर्नेला समात्ने नयाँ जुक्तिसहित मेसिन ल्याएको छ।

लकडाउन उल्लंघन गर्दै मानिसहरु सडकमा निस्किदिएपछि प्रहरीलाई जोखिम बढेको बेलामा उपत्यकामा मेसिनबाट मानिस समात्न थालिएको हो। निश्चित शारीरिक दूरी कायम गर्ने गरी मेसिनबाट प्रहरीले मानिस पक्राउ गरिरहेको छ।

प्रहरीले यसअघि पञ्जा लगाएर समात्दा पनि थु्क या र्‍यालयबाट कोरोना भाइरस सर्ने जोखिम उस्तै हुन्छ। यस्तोमा लकडाउनमा सडकमा निस्कने मानिसलाई पक्राउ गर्न मेसिन ल्याएको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाबाट लकडाउनमा सडकमा निस्किने मानिसलाई समात्न यस्ता दुईवटा मेसिनको प्रयोग गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले यो मेसिनको प्रयोगले निश्चित दूरी कायम गर्ने भएकाले केही सुरक्षित हुने बताए।

सडकमा निस्किएकालाई अहिले परिसरको टोलीले दुईवटा समूह बनाएर पक्राउ गरिरहेको छ। यो मेसिनको प्रयोग गरेर ५० भन्दा धेरैलाई पक्राउ गरिएको बोगटीले बताए।

मङ्गलबारदेखि एक हप्ताको लागि सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी सडकमा निस्किएकाला दूरी कायम गरेर समात्न ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’प्रभावकारी भएको बोगटीले बताए।


१४ चैत २०७६, शुक्रवार ११:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु