धनगढीको शैलेश्वरी आयुर्वेदिक मेडिकल हललाई २० हजार जरिवाना

धनगढी, १२ चैत ।
धनगढीको शैलेश्वरी आयुर्वेदिक मेडिकल हललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जरिवाना गरेको छ ।

शैलेश्वरी आयुर्वेदिक मेडिकलले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ख बमोजिम कसुर गरेको पाइएकोले २० हजार जरिवाना गरेको हो ।

मेडिकल हलले ७ दिनभित्र तोकिएको जरिवाना रकम पेस गर्न अनुरोध गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल बहादुर पुन मगरले बताए । यदि सोही अवधिमा जरिवाना बुझाउन अटेर गरे आवश्यक कारबाही हुने उनले बताए ।


१२ चैत २०७६, बुधवार ०७:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु