punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमितलाई गाउँपालिकाले निःशुल्क उपचार गर्ने

Chaupati
safha napa

तनहुँ : म्याग्दे गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को संक्रमति भेटिएमा निःशुल्क उपचार गर्ने भएको छ।

गाउँपालिकाभित्र कोरोनाका बिरामी फेला परे ती व्यक्तिको सम्पूर्ण उपचार खर्च गाउँपालिका कार्यालयले व्यहोर्ने अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्। उनका अनुसार शंकास्पद बिरामीको आवश्यक उपचारको व्यवस्था मिलाउने र गाउँपालिकाभित्रका विद्यालय भवनलाई क्वारेण्टाइनका रुपमा प्रयोग गर्ने तयारी भएको छ।

गाउँपालिकाको सोमबार बसेको ७९औँ बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए। ‘गाउँपालिकाले कोरोनाका शंकास्पद बिरामी भेटिएमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘गाउँपालिका बाहिरको हुनु भएन, गाउँपालिकावासीको निःशुल्क उपचार हुन्छ।’

नागिलाका अनुसार स्वास्थ्य, सरसफाई, खानेपानी र सुरक्षासँग सम्बन्धित सेवाहरु यथावत सञ्चालन गरी अन्य सेवाहरु २०७६ चैत २१ सम्म बन्द गरिनेछ। तर, सो समयमा गाउँपालिका कार्यालय र वडा कार्यालयहरु भने खुला रहनेछन्।

प्रत्येक वडा कार्यालयले विदेशबाट फर्किएका व्यक्तिहरुको विवरण अद्यावधिक गरी अनिवार्य रुपमा १४ दिन घरमै राखी निगरानीको व्यवस्था मिलाउने निर्णय गरिएको छ। आमनागरिकलाई कुनै संकट आइपरेमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सबै वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका स्वास्थ्य शाखा प्रमुखलाई सम्पर्क गरी खबर गर्न अनुरोध गरिएको छ।

त्यस्तै, सम्पूर्ण देशविदेशमा रहेका म्याग्देवासीलाई सचेत, सुरक्षित र संयमित हुन अनुरोध गर्दै गाउँपालिकाले संघीय तथा प्रदेश सरकारका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष शिव शरण वाग्लले बताए।


११ चैत २०७६, मंगलवार ०२:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु