कैलालीको गौरिगङ्गा ६ मा कोरोना सम्बन्धि जनचेतना कार्यक्रम

कैलाली : कैलालीको गौरिगङ्गा नगरपालिका वडा न ६ मा कोरोना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ । बिश्व भरि फैलिएको यो भाईरसलाई सर्तकता अपनाउदै आज गौरिगङ्गा नगरपालिकाको सहयोगमा श्री समृद्धि युवा क्लबको पहल सो कार्यक्रम गरिएको समृद्धि युवा क्लबका अध्यक्ष कृष्ण खड्काले बताए ।

यस वडा भित्र बसोबास गर्ने नगरबासीलाई जनचेतना दिन आवश्यक रहेकाले यस्तो कार्यक्रम गरेको जनाएको छ । सो कार्यक्रमलाई श्री रानिफाटा सामुदायिक बन उपभोक्त समुहले वडा न ६ भरी आर्थिक स्थिती कमजोरी भएका परिवारलाई साबुन र माक्स पनि बितरण सहित जनचेतना कार्यक्रम गरेको रानिफाटा सामुदायिक बन उपभोक्त समुहका अध्यक्ष चक्र बोगटीले बताए ।


१० चैत २०७६, सोमवार १२:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु