भारतद्वारा आन्तरिक उडान बन्द गर्ने घोषणा, नेपालमा निर्वाधरुपमा चल्दै

काठमाडौं : भारतले सबै आन्तरिक उडान बन्द गर्ने घोषणा गरेको छ । देशभर कोरोना भाइरस संक्रमितको संख्या धमाधम बढ्न थालेपछि सतर्कताका लागि भारतले आन्तरिक उडान बन्द गर्ने घोषणा गरेको हो ।
यसअघि रेलसेवा सहितका सार्वजनिक यातायात बन्द गराइसकेको भारतले भोलि मध्यरातदेखि लागू हुने गरी आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम एबीपी न्यूजले जनाएको छ ।
भारतमा हालसम्म कोरोना भाइरसको कारण ८ जनाको मृत्यु भइसकेको छ भने २४५ जनामा संक्रमण पुष्टि भएको छ ।
सोमाबार मात्रै भारतको पश्चिम बंगालमा कोभिड १९ बाट एक जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।
मृतक रेल कर्मचारी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको पछिल्लो रेल यात्रा छत्तीसगढ देखि बिलासपुरसम्म रहेको समाचारमा जनाइएको छ ।


१० चैत २०७६, सोमवार ११:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु