#belauri nagarpalika
#belauri

नेकपा सचेतक रावल ५ लाख धरौटीमा रिहा

#belauri
#bhimdat

धनगढी : बलात्कार प्रयासको आरोप लागेका प्रदेश सभा सदस्य तथा नेकपा सुदूरपश्चिमका सचेतक अक्कलबहादुर रावल ५ लाख धरौटीमा रिहा भएका छन ।

जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार जिल्ला न्यायाधिस जयानन्द पनेरुको ईजलासले उनलाई ५ लाख धरौटीमा छोड्न आदेश भएकोमा रावल धरौटी बुझाएर छुटेका हुन्।

रावलविरुद्ध धनगढीकी एक विवाहित महिलाले बलात्कार प्रयासको उजुरी दिएकी थिइन्। महिलाको उजुरीपछि प्रहरीले अदालतबाट १५ फागुनमा पक्राउको अनुमति पाएको थियो। २१ फागुनमा रावल आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए।


१० चैत २०७६, सोमवार १३:१६ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु