प्रधानमन्त्रीलाई प्रकाश सपूतको पत्र, कोरोना कोषमा २ लाख सहयोग

काठमाडौं : सरकारले स्थापना गरेको कोरोना कोषमा गायक प्रकाश सपूतले २ लाख रुपैयाँ सहयोग गरेका छन्। सोमबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै गायक सपूतले सहयोग प्रदान गरेको जानकारी दिएका हुन्। उनले रकम पत्रकार महासंघ बाग्लुङमार्फत महासंघको कार्यालयमा पठाएको बताएका हुन्।

‘कहाँ कसको नाममा दिने निधो नभएपछि रकम लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष ज्युको रोहबरमा महासंघको कार्यलय बागलुङमा पठाएको छु। यो रकम सरकारकै मातहतमा जहाँ चलाए पनि हुन्छ’ उनले लेखेका छन्।

सपूत अहिले आफ्नो परिवारका साथ जन्मघर बाग्लुङमा छन्। उनले खाद्यान्‍न लगायतका सामाग्री पर्याप्त ढुवानी गरेर शहरहरू लकडाउन गर्न पनि सरकारलाई सुझाब दिएका छन्।


१० चैत २०७६, सोमवार ११:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु