अत्तरियाको श्री कृष्ण मार्केटमा १५ दिनको भाडा नलिने घोषणा
अत्तरिया – कोरोना भाईरसका कारण बजार व्यवसाय बन्द भईरहेका बेला अत्तरियामा रहेको श्री कृष्ण मार्केट संञ्चालकले व्यवसायिबाट आधा महिना अर्थात १५ दिनको भाडा नलिने घोषणा गरेका छन । अत्तरियाको धनगढी रोडमा रहेको श्री कृष्ण मार्केटका संचालन हेम राज नौन्यालले १५ दिनको भाडा नलिने घोषणा गरेको बताए ।
उनले कोरोना भाईरसको त्रासका कारण हाल बजारमा पर्न गएको समस्यालाई मद्यनजर गरी चैत्र महिनाको १५ दिनको भाडा नलिने बताए ।
पछिल्लो समय विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसका कारण जनजिवन प्रभावित भएको छ ।
जसले मारमा व्यवसायिहरु पनि परेका छन । व्यवसाय ठप्प हुँदा भाडाको सटरमा व्यवसाय गर्ने व्यवसायिले भाडा तिर्न पनि समस्या भएको बताउँदै आएका छन । यसैबिच सोमबार देखि अनिश्चित कालका लागि अत्तरिया बजार बन्द समेत गरिएको छ ।
भाडाको जग्गामा संचालन भएको श्री कृष्ण मार्केटमा हाल १ सय ४० पसल रहेका छन ।
९ चैत २०७६, आइतवार १४:३९ बजे प्रकाशित