भारतमा कोरोना भाइरसबाट निको हुनेको संख्या बढ्दै

दिल्ली: भारतमा कोरोना भाइरसबाट संक्रमित बिमारीहरु निको हुने संख्या पनि बढ्दो छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा हालसम्म २९ जना कोरोना संक्रमित निको भइ सकेका छन् ।हालसम्म भारतमा ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ जनाको मृत्यु भइसकेको छ भने ।
भारतले कोरोना भाइरस संक्रमण रोकथामका लागि पनि विभिन्न कदमहरु चालिरहेको छ । आइतबार मात्र भारतमा कोरोना भाइरस रोकथामका लागि ‘जनता कफ्र्य’ जारी गरिएको थियो ।
यसअघि शनिबार राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ५ जनाभन्दा धेरैलाई एकैठाउँमा भेला हुन नदिने घोषणा गरिसकेका छन् । त्यस्तै, कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि भारतका विभिन्न ७५ जिल्लामा ‘लक डाउन’ गरिएको छ भने आगामी मार्च ३१ सम्म विभिन्न राज्यबीच चल्ने बस र रेल सेवा पनि बन्द गरिएको छ ।
९ चैत २०७६, आइतवार १४:२२ बजे प्रकाशित