बेदकोट नगरपालिकाद्धारा आईसोलेसन केन्द्र स्थापना

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकाले आईसोलेसन केन्द्र स्थापना गरेको छ । विश्वभर फैलिएको कोरोना  संक्रमणकाको न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले आइतबार बाट आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो ।

बेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्दले पछिल्लो समयमा महामारीको व्यापक रुपलिइरहेको कोरोना भाइरस सङ्क्रमितका लागि आईसोलेसन केन्द्र निर्माण गरिएको बताए  । उनका अनुसार नगरपालिकाले हाल ६ बेडको आइसोलेसन केन्द्र स्थापना गरिएको बताए ।

यसै गरी बेदकोट नगर कार्यपालिकाको बैठकले हालका लागि ३ स्थानमा क्वारेन्टाइन स्थापना गर्ने र पछि सबै वडामा स्थापना गर्ने तथा ज्वरो, रुघाखोकीका बिरामीलाई तुरुन्त उपचारका लागि अस्पताल पठाउने व्यवस्था मिलाई स्वयंसेवक परिचालन गर्न स्वास्थकर्मीबाट तालीमको व्यवस्था गर्ने निर्णय गरेको छ ।

त्यस्तै कोरोना सम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने, जनचेतनाका लागि नगर र वार्ड स्तरीय समिति गठन गर्ने, सहयोगका लागि सबैलाई अपिल गर्ने, कालोबजारी रोक्न सर्वदलीय अनुगमन गर्ने,  गर्ने लगायतका निर्णय कार्यपालिकाको बैठकले गरेको छ ।


९ चैत २०७६, आइतवार ११:२० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु