punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतसँगको सीमामा कडाइ गर्ने निर्णय

Chaupati
safha napa

काठमाडौँ: कोभिड १९ को रोकथाममा नेपालको तयारी कमजोर भएको आलोचना बढिहेका बेला भारतसँगको सीमा नाकाबाट एकैपटक हजारौँको संख्यामा नेपाली भित्रिएपछि सरकारले नेपालभारत सीमानाको आउजाउमा थप कडाइ गर्ने भएको छ। यद्यपि सीमानाका बन्द गर्नेबारे भने भारत सरकारले कुनै जवाफ नदिँदा यसको निर्णय लिन सरकारलाई कठीन भएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समितिको बैठकले शनिबार नेपालभारत सीमाबाट सयौँको संख्यामा नेपाली भित्रिने क्रम नरोकिएपछि सीमानामा नेपालीको आउजाउमा थप कडाइ गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपालभारत सीमानामा मानिसको आगमनमा कडाइ गर्ने यसअघिको उच्चस्तीय समितिको बैठकको निर्णयलाई थप प्रभावकारीरुपमा लागू गर्ने निर्णय भएको बताए।

उनले भने, ‘गड्डाचौकी लगायत नाकाबाट मानिसहरु जथाभावी आउन थाले। त्यसबाट कोरोना संक्रमणको जोखिम बढ्यो। संक्रमण रोकथामका लागि मानिसको आउजाउमा थप कडाइ गर्ने निर्णय भयो।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षीसँग सीमानाका बन्द गर्ने प्रस्ताव गरे पनि भारतले यसबारे कुनै ठोस जवाफ नदिएपछि सीमाबाट अहिले पनि हजारौँको आवतजावत हुने गरेको छ।

यस्तै बैठकमा अत्यावश्यक सेवालाई सूचीकृत गर्नेबारे छलफल भएको छ। त्यसबारे आइतबारको बैठकले निर्णय लिने मन्त्री भट्टले जानकारी दिए।

मन्त्री भट्टका अनुसार नागरिकलाई प्रदान गरिने सेवा प्रभावकारी बनाउनका लागि हरेक मन्त्रालयमा मन्त्रीको संयोजकत्वमा संयोजन समिति बनाउने निर्णय समेत भएको छ।


८ चैत २०७६, शनिवार २३:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु