कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते

धनगढी : कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ गोदावरी हनुमान मन्दिर नजिक से ३ प ३३६५ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का श्याम कुवर र सोही ठाउका कृष्ण कुँवर गम्भिर घाईते भएका छन ।

तिब्र गतिका कारण मोटरसाईकल दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्ष दक्ष कुमार बस्नेतले बताए । उनका अनुसार घाईते दुवैको सेती अस्पतालमा उपचार भईरहेको जनाएको छ ।


७ चैत २०७६, शुक्रवार ११:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु