punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा ज्वरोले दुई बालकको मृत्यु

Chaupati
safha napa

बाजुरा : बाजुराको स्वामिकार्तिक गाँउपालिकामा ज्वरोले दुई वालकको मृत्यु भएको छ। गाँउपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाको छोरा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको मृत्यु भएको स्थानीय शिक्षक जनेश भण्डारीले वताए। चतुरे थापाको छोराको यहि चैत ५ गते र भर्बल बिकको छोराको ४ गते मृत्यु भएको उनले बताए ।

स्थानीयका अनुसार दुबै जनालाई अत्याधिक ज्वरो आएपछि मृत्यु भएको हो। नीहरुमा अत्याधिक ज्वरो आउने खोकी लाग्ने, जस्ता लक्षणहरु देखा परेका थिए। रोगका कारण स्वामीकार्तिक १ को मुक्तिकोट, वडा नम्बर २ को पुडेनी, सुपेना, फयालगाँउ, लौडीमा दर्जनौ बिरामी परेको वडा नम्बर १ का अध्यक्ष जनक बहादुर रोकायाले बताए। रोग एकसाता देखी फैलिएको उनको भनाई छ।

‘रुघाखोकीका जस्तै लक्षणहरु देखा परेका छन्, रोगले वडा नम्बर २ त पुरै प्रभाबित भएको छ’ फयाल गाँउका स्थानीय आनन्द बुढाले भने–‘फयाल गाँउमा मात्र ६० जना भन्दा बढि बिरामी रहेका छन्।’ज्वरो आउने टाउको दुख्ने, खोकी लाग्ने हातखुट्टा दुख्ने लगायतका लक्षणहरु देखापरेको उनले वताए । गाँउमा सबै बिरामी भएपछि दैनिक जिवनयापन नै अस्तब्यस्त रहेको आनन्द बुढाले बताए।


७ चैत २०७६, शुक्रवार ०२:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु