निर्भया काण्डका दोषीलाई शुक्रबार बिहानै फाँसी

भारतमा निर्भया बलात्कार र हत्या प्रकरणमा चारजना दोषीहरुलाई मृत्युदण्ड दिइएको छ। दोषीहरुलाई शुक्रबार बिहान तिहाड जेलमा झुण्ड्याएर मृत्युदण्ड दिइएको आजतकले जनाएको छ।

बिहान ५ : ३० बजे दोषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय सिंहलाई मृत्युदण्ड दिइएको हो।

निर्भयाको सन् २०१२ मा दिल्लीको बसमा सामूहिक बलात्कार गरेर त्यसपछि हत्या गरिएको थियो। १६ डिसेम्बर २०१२ मा दिल्लीमा उनीमाथि सामूहिक बलात्कार भएको थियो।


७ चैत २०७६, शुक्रवार ०१:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु