डडेल्धुरामा ग्याविन तारले पासो लगाएर आधा दर्जन गाईको हत्या

डडेल्धुरा : डडेल्धुरामा ग्याबिन तारले पासो लगाएर आधा दर्जनभन्दा बढी गाईको हत्या गरिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ मा ग्याविन तारले पासो लगाएर गाईको हत्या गरिएको हो ।

देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साता अगाडि सामूहिक रूपमा गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

५ वटा गाई रुखमा झुन्डिएको अवस्थामा र १ गाईको बङ्गारा भेटिएको छ भने दुई ग्याविन तार खाली भेटिएका छन् ।दुई वर्षभित्रका गाईहरु रहेको पशुसेवा प्राविधिकले जनाएका छन् । स्थानीयले जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।


६ चैत २०७६, बिहीवार ०६:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु